सोमबार, वैशाख २४, २०८१

सर्लाही कांग्रेस सभापतिमा सिंह

नेपालखोज २०७८ फागुन ३० गते ११:०१

काठमाडाैं । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । उनले सभापतिका अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएका छन् । सभापतिमा निर्वाचित सिंहले एक हजार ७५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी रायले एक हजार ३७८ मत पाएका छन् ।

जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले निर्वाचित सभापतिसहित अन्य निर्वाचित पदाधिकारीको नाम घोषणा गरेका छन् । १४औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी, डा. सरोजकुमार, सेख सदुल्लाहल निर्वाचित भएका छन्र ।

त्यस्तै सचिवमा नीरज कार्की, सह-सचिव इन्द्रबहादुर योञ्जन र सुनीलकुमार कुशवाहा विजयी भएका छन् ।

-तस्बिर : रासस

प्रतिक्रिया