सर्वोच्चका प्रस्तावित न्यायाधीशबारे उजुरी दिने समय १० दिन

नेपालखोज २०७८ फागुन ३० गते १९:०१

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बबाट सिफारिस भएकाे सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिले सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरूविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समिति सभापति कर्णले भने, ‘आज सर्वोच्च अदालतका न्यायधीशको पदमा न्यायपरिषद्बाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ । त्यसको लागि आज प्रथम बैठक बसेको हो । प्रथम बैठकमा संसदीय सुनुवाईको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ । जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय गर्‍यौं । भोलिदेखि सूचना जान्छ । र १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाईको काम प्रारम्भ गर्नेछौँ ।’

उनले सर्वसाधारण लगायत सबै सरोकारवालाहरुलाई सुचना समेत जारी गरिने प्रष्ट पारे । सभापति कर्णले मंगलबार भोलिबाट सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताए ।

प्रतिक्रिया