बिहीबार, वैशाख २०, २०८१

मोरङमा कांग्रेसको चुनावी अभियान सुरु

नेपालखोज २०७८ फागुन ३० गते १५:१२

काठमाडौं । नेपाली कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान मोरङको विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ । अभियान मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा . डिला संग्रौलाले आइतबार आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव संकलन गरी समाधानको पहल गर्ने बताइन् ।

उनीहरुले जनतालाई लोकतन्त्र, संविधानको रक्षा, मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न पार्टी वर्तमान सरकारमा गएको जानकारी गराइने बताइन् । उनीहरुले स्थानीय तह एवं टोलटोलबाट आएको सुझावका आधारमा स्थानीय निर्वाचनमा गठबन्धन सम्बन्धमा निर्णय गरिनेसमेत बताए ।

प्रतिक्रिया