शनिबार, जेठ ५, २०८१

ग्लोबल आईएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

नेपालखोज २०७८ फागुन ३० गते १६:१४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरू स्मार्ट च्वाइस टेक्नोलोजीज र फोन पेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्द्धनका लागि ग्यास विक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमकोरुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरू सीधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया