नेपाली भूमि मिचेको भन्दै विप्लवको भारतलाई यस्तो चेतावनी ?
नेपालखोज
२०७८ फागुन ३० गते १६:५४

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महाकालीमा भारतले नेपाली भू-भागलाई मिचेर तटबन्ध बनाउन थालेको भन्दै चेतावनी दिएको छ । तटबन्ध निर्माण तत्काल रोक्न समेत चेतावनी दिइएको हो ।
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्तिमार्फत भारतीय सिमाना भन्दा १० मिटर नेपाली भू-भागलाई मिचेर तटबन्ध निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विप्लवले सरकारलाई कूटनीति र राजनीतिक पहल गरेर अतिक्रमण रोक्न माग गरेको छ ।
प्रकाण्डले यसविरुद्ध प्रतिरोध संघर्ष सशक्त पार्न दार्चुलावासीलाई अपिल समेत गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया