आइतबार, जेठ ६, २०८१

महादेवको पशुपतिदेखि अमेरिकासम्म…

नेपालखोज २०७८ फागुन ३० गते १६:५५

काठमाडौं । चर्चित हास्य कलाकार तथा जादुगर हाहायोयो महादेव त्रिपाठी नेपालको विश्वप्रसिद्ध धार्मिक धाम पशुपतिदेखि अमेरिकाको सहरसम्म टुरमा जाँदै छन् । ‘म्याजिक म्युजिक कमेडी सो’ नाम रहेको उक्त कार्यक्रम मिसेस जादु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा नेपाली साहित्य मञ्चले आयोजना गरेको हो । कार्यक्रम ३ मार्च २०२२ हुने त्रिपाठीले बताए ।

विगत २ दशकभन्दा बढी समय यो क्षेत्रमा बितायसकेका उनले आफ्नो पहिलेको संघर्षको दिन सम्झँदै अहिले त्यति दु:ख गर्नु नपरेको र दर्शकको मायाले नै आज यो स्थानसम्म सबैको मनमनमा बस्न र घरघरमा पुग्न सफल भएको बताए ।

थुप्रै चर्चित चलचित्र, टेलिसिरियल, आफ्नै चर्चित एकल शो गरिसकेका उनले आफू मात्र नभई अरुलाई पनि कलाकार बनाए । अहिले पनि उनी साना-साना बहुप्रतिभाशाली नानीबाबुहरुलाई समेटर बुमबुम बक्स कार्यक्रम गर्दै चर्चामा आउने गर्छन् ।

थुप्रै देश विदेशमा कार्यक्रम गरिसकेको अनुभव सुनाउँदै यसपालि भने उनी महादेवकै गेटअपमा अमेरिकामा बस्ने सम्पूर्ण नेपालीका लागि नेपालको बहुप्रसिद्ध धार्मिक स्थल पशुपतिदेखि अमेरिकासम्म जाने कुरा बताए ।

प्रतिक्रिया