शनिबार, जेठ ५, २०८१

नेप्से दिनभर अवरुद्ध, अन्तिम समयमा दियो नेप्सेले जानकारी

निर्धारित समयभन्दा दुई घण्टाअघि नेप्से बन्द हुँदा एक अर्ब ३४ करोडको सेयर किनबेच

नेपालखोज २०७८ फागुन ३० गते १७:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से दिनभर अवरुद्ध भएको छ । कारोबार खुलेको १२ः५३ मै ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको भन्दै नेप्सेको नियमित कारोबार स्थगन भएको थियो ।

४ः२० सम्म पनि नेप्सेले मर्मतका लागि प्रयासरत रहेको र समस्या समाधान भएपछि समय थप गरेर कारोबार खुल्ने जानकारी दिएको थियो । तर पछि नेप्सेले क्षमायाचनासहित ४ः२५ मा सूचना जारी गर्दै आज दिनभरका लागि कारोबार रोक्का भएको जानकारी दिएको छ ।

सोअनुरूप अघिल्लो दिन एक सय एक अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार शून्य दशमलव १५ अंकले बढेर २६ सय ६८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स शून्य दशमलव शून्य पाँच अंकले घटेर पाँच सय नौ दशमलव ८५ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २० कम्पनीको १८ हजार पाँच सय ९७ पटकको कारोबारमा २३ लाख ४९ हजार १० कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ३४ करोड २२ लाख ३२ हजार आठ सय ३९ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा ६ समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७१ अंकले बढेर १७ सय २० दशमलव ३९ अंकमा पुग्दा विकास बैंक समूहको सूचक पनि १२ दशमलव ४५ अंकले बढेर ४६ सय ६५ दशमलव ३७ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समूहको सूचक ७३ दशमलव ३१ अंकले बढेर १२ हजार ३८ दशमलव ९१ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि एक सय ५३ दशमलव ५७ अंकले बढेर १४ हजार तीन सय ६७ अंकमा पुगेको छ । यीबाहेक अन्य र लघुवित्त समूहको सूचक पनि बढेका छन् । जलविद्युत् समूहको सूचक भने आज ३६ दशमलव ६४ अंकले घटेर ३१ सय ५९ दशमलव १५ अंकमा पुगेकामा फाइनान्स समूहको सूचक पनि ६ दशमलव पाँँच अंकले घटेर २२ सय ३६ दशमलव ३३ अंकमा पुगेको छ ।

यीबाहेक ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव १० प्रतिशतले बढेर पाँच सय ३२ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमा लार्ज क्याप फन्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ७३ प्रतिशतले घटेर नौ रुपैयाँ पाँच पैसामा कारोबार भएको छ ।

यसैगरी आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ६५ लाख १७ हजार तीन सय आठ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया