शनिबार, जेठ ५, २०८१

नन्दी माविलाई महालक्ष्मीको सहयोग

नेपालखोज २०७८ फागुन ३० गते १७:५५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थालाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकको दरबारमार्ग शाखाले नक्साल, काठमाडौंस्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्यूनीकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उदे्श्यले उक्त सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । यस सहयोगबाट विद्यालयमाअध्ययनगर्न आउने विद्यार्थीहरुको स्वस्थजिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।

बैंकको कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षातथा खेलकुद अपरिहार्य रहेको बताउदै यो सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १७ गरी कुल एक सय तीन शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तिय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ । बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया