शुक्रबार, वैशाख ७, २०८१

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

नेपालखोज २०७९ चैत २ गते १७:०३

काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौँता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रा.लि.को तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौँतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौतामा उल्लेख भए अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ । ईभीको लागि बेस रेट + ३.५० प्रतिशत र नन इभीको लागि बेस रेट + ४ प्रतिशत हुनेछ भने ७ वर्ष को आवधि सहित, र सेवा शुल्क मात्र शुन्य दशमलव पाँच प्रतिशत हुनेछ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसानको इभीको मालिक हुन सक्छन ।


अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुनेछ ।

प्रतिक्रिया