शुक्रबार, जेठ ११, २०८१

निर्वाचनमा दलको चुनाव चिह्न हलो नदिए देश द्वन्द्व र मुठभेडतर्फ जान्छ : राजेन्द्र लिङ्देन

नेपालखोज २०७८ फागुन ३० गते १८:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले हलो चिह्न प्रदान नगरेको खण्डमा स्थानीय चुनाव नै हुन नदिने बताएका छन् । बर्दियामा आज आयोजित आमसभामा उनले राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा ‘हलो’ चुनाव चिह्न नदिइए चुनाव नै हुन नदिने चेतावनी दिएका हुन् । उनले हलो चुनाव चिह्न नपाउने स्थिति आए चुनाव हुन नदिने चेतावनी दिए । लिङ्देनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौं।’

राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने उनले बताए । उनले भने, ‘द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछु । देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनु हुनेछ।’

प्रतिक्रिया