आइतबार, जेठ ६, २०८१

हुम्लामा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

नेपालखोज २०७८ चैत १ गते १०:१८

काठमाडौं । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ ।

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन ।तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत सञ्चालनमा आउन नसकेको हो ।

विद्युत्को नहरमा ठाउँठाउँमा जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।

प्रतिक्रिया