मंगलबार, वैशाख ४, २०८१

अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ४० पैसा, बिक्रीदर १३१ रुपैयाँ

नेपालखोज २०७९ मंसिर ११ गते ८:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३६ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७० पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया