शनिबार, जेठ ५, २०८१

नेपाल र साउदीबीच​ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुँदै

नेपालखोज २०७८ चैत १ गते ११:१०

काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आजै परराष्ट्रमन्त्री डा‍. नारायण खड्का र साउदी समकक्षी फैसलबीच भेटवार्ताको कार्यक्रसमेत रहेको छ ।

नेपाल र साउदीबीच​ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ। सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्दैछन् ।

दुईदिने औपचारिक भ्रमणमा हिजो साँझ नेपाल आइपुगेका विदेशमन्त्री राजकुमार फैसलआजै अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

प्रतिक्रिया