यू-१८ महिला साफको पहिलो खेलमा नेपालले आज भारतसँग खेल्दै
नेपालखोज
२०७८ चैत १ गते ११:५२

काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । भारतको जम्सेदपुरमा हुने उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत्र १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यस अघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण हुने भएको छ ।
नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुन: भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया