आइतबार, वैशाख २८, २०८२

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार चौथो जित, वेस्टइन्डिज ७ विकेटले पराजित

नेपालखोज २०७८ चैत १ गते १२:२३

काठमाडाैं । आईसीसी महिला एक दिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार चौथो जित दर्ता गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत अष्ट्रेलियाले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।

शतप्रतिशत जित दर्ता गरेको अष्ट्रेलिया ८ अंकका साथ शीर्ष स्थानमा रहँदा वेस्टइन्डिज भने ४ अंकका साथ पाँचौं स्थानमा छ । जारी विश्वकप खेलिरहेका ८ टिम मध्य शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भारत ४ अंकका साथ तेस्रो र समान ४ अंक नै भएको न्यूजिल्याण्ड चौथो स्थानमा छ ।

विलिङटनमा वेस्टइन्डिजले दिएको १३२ रनको लक्ष्य अष्ट्रेलियाले ३०.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको छ । अष्ट्रेलियालाई जिताउनका लागि कप्तान रिचेल ह्येनिङले सर्वाधिक नटआउट ८३ रन बनाउँदा बेथ मोनीले नटआउट २८ रनको योगदान गरिन् । यी दुईका बीचमा नटआउट ७४ रनको साझेदारी भएको थियो । एलियस पेरिले १० रन जोड्दा मेघ लेनिङले खाता नै खोल्न सकिनन् भने एलेसा जिन हेली ३ रन बनाएर पभेलियन फर्किएकी थिइन् ।

पहिला ब्याटिङ गरेको वेस्टइन्डिजलेय ४५.५ ओभरमा सवै विकेट गुमाएर १३१ रन बनायो । उसका लागि स्टेफिने टेलरले ५० रनको अर्धशतकीय पारि खेल्दा सेमिना क्याम्बेलले २० रनको योगदान गरिन् । यस्तै, डेन्ड्रा डोटेन १६ रनमा आउट हुँदा चेनरे हेनरी र एलिया एलेनले समान १०-१० रन बनाए । अष्ट्रेलियाका लागि एलियास पेरी र एसलिस गार्डनरले समान ३–३ विकेट लिए ।

प्रतिक्रिया