मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई विवेकशीलको कारबाही
नेपालखोज
२०७८ चैत १ गते १२:४६

काठमाडौं । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मिलन पाण्डे पक्षका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको हो ।
पार्टीले यसअघि नै मिलन पाण्डेलाई पार्टीबाट हटाइसकेको थियो । केन्द्रीय समितिको बैठकमा लगातार अनुपस्थित रहेको, लेभी नबुझाएको र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै पार्टीले कारवाही गरेको हो ।
रमेश पौड्याल, अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, भरतरात पन्त, भुपदेव शाह लगायत अन्यहरुलाई समेत कारबाही गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया