नेपाल र साउदीबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता

नेपालखोज २०७८ चैत १ गते १२:३८

काठमाडौं । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयाेग तथा सहकार्य गर्न बाटो खुलेकाे छ । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएकाे छ ।

प्रतिक्रिया