वीरगन्ज-काठमाडौं रेल चल्छ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाए ।
‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेस प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो । ओलीले भने, ‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउँ’ भन्ने व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला ।’
मधेस प्रदेश पर्यटकको हिसावले एकदमै राम्रो रहेको बताउँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए । वीरगञ्ज-काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेस प्रदेश उत्कृष्ट रहेको बताए ।
जनकपुरधामस्थित मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेर ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलसम्बन्धी कागजात लगेको थियो । त्यस अभियानमा भ्रष्टाचार भएको अख्तियारमा उजुरी परेको थियो ।
वीरगञ्ज-काठमाडौं रेल चल्ने बताएका ओलीले धार्मिक पर्यटनको हिसाबले मधेस प्रदेश उत्कृष्ट रहेको बताए ।



प्रतिक्रिया