भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सम्झौता

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संंघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताको बारेमा प्रकाश परेका थिए ।
कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसंग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास र प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोसाईंले कार्यक्रमको औचित्य र बिमाको महत्त्वबारे प्रस्ट पारेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौवन्जाले बिमाको अपरिहार्यताको बारेमा आफ्नो मन्तव्य राखेका थिए । सोही अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया