सरकारले चालू संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्यो, अब के हुन्छ महाअभियोग ?

काठमाडाैं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
आज राति १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषद्ले उक्त सिफारिस गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।
संसदको दशौं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपनि अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको भएको हो ।

प्रतिक्रिया