बिहीबार, जेठ १०, २०८१

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

नेपालखोज २०७८ चैत १ गते २१:४६

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवाका लागि सफारिस गरिएको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) धिरजप्रताप सिंह, रविन्द्र धानुक र बसन्त पन्त अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका हुन् ।

मन्त्रिपरिषद्ले सिफारिस कार्यान्वयन गरेपछि एआईजीको संख्या आठ पुग्नेछ । यसअघि मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन् ।

प्रतिक्रिया