फूलमय सडककिनार ! (फोटो फिचर)
पार्वती भण्डारी
२०७८ चैत २ गते १०:५३

काठमाडौं । काठमाडौंलाई हराभरा बनाउने योजना महानगरपालिकाले लिएको छ । हराभरा बनाउन ठाउँठाउँका सडक किनारमा वृक्षरोपण गरिएको छ । जुन किसिमले हरभरा बनाउन महानगरपालिका लाग्नुपर्ने हो त्यो भने देखिएको छैन ।
तर पनि, काठमाडौंका केही सडककिनारमा फूल तथा विभिन्न प्रजातिका रूख देख्न भने सकिन्छ । देश–विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा काठमाडौं देखाउनु सरकारको सोच हो ।
यसैक्रममा काठमाडौंको नक्सालको सडककिनार आजभोलि फूलमय देखिएको छ । मनै लोभ्याउने सडक दृश्यका कारण ओहोरदोहोर गर्ने सबै आकर्षित हुने गर्छन् । हेरौं थप तस्बिर :










सम्बन्धित
प्रतिक्रिया