आइतबार, जेठ २०, २०८१

चीनको सेयर बजार दुस्प्रभावित

नेपालखोज २०७८ चैत २ गते १७:३०

काठमाडौं । रूस-युक्रेन युद्धका साथ चीनमा कोरोनाको प्रकोप फेरि बढ्न थालेपछि त्यहाँको सेयर बजार पनि दुस्प्रभावित भएको छ । चीनका कैंयन् महत्त्वपूर्ण कम्पनीहरुको सेयर लगातार तल झर्ने क्रम जारी छ । यसको सीधा प्रभावस्वरुप चीनका सबैभन्दा धनी व्यक्ति झोङ शानशनको सम्पत्तिमा ठूलो गिरावट आएको छ ।

हङकङको सेयर बजारमा झोङ शानशनको कम्पनी नोङफु स्प्रिङ कम्पनीको सेयरमा एकै दिन ९.९ प्रतिशत को गिरावट दर्ता भयो । यो कम्पनी सेयर बजारमा सूचीकृत भएको १८ महिनायताको सबैभन्दा ठूलो गिरावट हो । ब्लुमबर्ग बिलेनियर इन्डेक्सक‍ो हिसाबमा चीनका अर्बपति झोङ शानशनको कुल सम्पत्तिमा पाँच अर्ब डलरको गिरावट देखिएको छ । यसका बाबजुद ६०.३ अरब डलरबराबरको सम्पत्तिका साथ झोङ अहिले पनि चीनका सर्वाधिक धनि व्यक्ति हुन् ।

झोङका अतिरिक्त चीनका अरु थुप्रै अर्बपति उद्योगपतिहरुको कम्पनीको सेयर मूल्य पनि निकै घटेको छ । यसक्रममा Tencent कम्पनी Ma Huateng को सेयरमा ३.३ अरब डलर तथा Alibaba को सेयरमा ९९.३ करोड डलरको कमी दर्ता भएको छ ।

कोरोनाका कारण चीनको सेयर बजार दुस्प्रभावित त थियो नै यसले थप तिब्रता तब पायो जब रुसले चीनसँग युक्रेन युद्धमा मद्दत गर्न आग्रह गरेक‍ो समाचार सार्वजनिक भयो । अमेरिकाले रूसले युक्रेन युद्धमा चीनसँग सहयोग मागेको आरोप लगाएको थियो ।

प्रतिक्रिया