चुनावी तालमेल गर्छौं अनि फेरि मिलेर सरकारमा जान्छाैं : मन्त्री झाँक्री
नेपालखोज
२०७८ चैत २ गते १५:०९

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव समेत रहेकी उनले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।
मन्त्री झाँक्रीले बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताइन् । उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’
गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् । उनले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिइन् ।
सम्बन्धित
प्रतिक्रिया