मन्त्रिपरिषद् विस्तार आजै टुंगिन्छ : प्रचण्ड
नेपालखोज
२०७९ माघ २ गते १४:५५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।
बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले मन्त्रिपरिषद् विस्तार आजै टुंगिने बताएका हुन् । ओलीसँग ‘लन्च मिटिङ’गरेका प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको बताए ।
सभामुखको निर्वाचनबारे विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको र कांग्रेससँग पनि छलफल हुने संकेत गरे । एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा विताए ।
सम्बन्धित
प्रतिक्रिया