के-के भए डेभलपमेन्ट बैंकर एसोसिएसनको १६औँ वार्षिक साधारणसभामा ?
नेपालखोज
२०७८ चैत २ गते २३:००

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा संघले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले एसोसिएसनको वार्षिक प्रतिवेदन आव ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आव ०७८/७९ को अनुमानित आयव्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
त्यसैगरी एसोसिएसनको छापलाई स्तरीकृत गर्न, नयाँ छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारणसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया