नेपाल टेलिकमको होली अफर
नेपालखोज
२०७८ चैत २ गते १८:१०

काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको हो । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।
अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया