बिहीबार, वैशाख १३, २०८१

हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम

नेपालखोज २०७९ असार ३ गते १४:४५

काठमाडौं । नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)’ हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा हिजो (बिहीबार) यस संस्थाका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष मिलनराज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष चिरञ्जीवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिंगापुरका ग्लोबल पब्लिक सर्भिसेस इन्डस्ट्री एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधि सुप्रलराज जोशीलाई औपचारिक भेटघाट गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रमबारे सहकार्य गर्ने छलफल भएको छ ।

मल्टी स्टेक होल्डर डिस्कसन अन साइबर सेक्युरिटी पोलिसी एन्ड प्रोसेस नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सह–आयोजक हुने भएको छ । सो अवसरमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सीएसआरआईका तर्फबाट धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया