आइतबार, पुष ६, २०८२

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

नेपालखोज २०७८ चैत ३ गते १:००

काठमाडौं । ग्राहक वर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नविनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीले बिमा शुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरुदेखि र हालसालै अनलाईन बिमा दाबी सेवा सञ्चालनमा रहेको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नविनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।

प्रतिक्रिया