बिहीबार, जेठ २, २०८२

रुस आक्रमण : युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्दै

नेपालखोज २०७८ चैत ३ गते ९:२५

काठमाडौं । युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र संघले जनाएको छ । गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको राष्ट्र संघको प्रारम्भिक तथ्याङ्क छ ।

यी मध्ये झण्डै एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले बताएका छन् । तीस लाखको आधा सङ्ख्यामा झण्डै १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् ।

युक्रेनमा हरेक दिन ७० हजारभन्दा धेरै बालबालिका शरणार्थी भएका छन् । संयुक्त राष्ट्र संघ बाल कोषका प्रवक्ता जेम्स एल्डरले हरेक मिनेट ५५ जना बालबालिका देश छोडेर विदेशिने गरेका उल्लेख गरेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया