आइतबार, वैशाख २८, २०८२

साफ यू-१८ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

नेपालखोज २०७८ चैत ३ गते ९:३६

काठमाडौं । भारतमा जारी यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । भारतको जमसेदपुरमा नेपाल र बंगलादेशबीच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुनेछ । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित भएको थियो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

प्रतिक्रिया