मंगलबार, असार ५, २०८१

बीओके डिबेन्चर २०८६ (क) को बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

नेपालखोज २०७८ चैत ३ गते १२:३८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड रुपैयाँबराबरको बीओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।

काठमाडौें, कमलपोखरीस्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐनबमोजिम नेपाल सरकार, कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यो बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार २०७३–०३–२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी ‘क’ वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ ।

बैंकले हाल ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुकामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना यही चैत दुई गते बुुधबार हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया