एउटा फेक एकाउन्टको बहस

राजेश हमाल नामको एउटा ट्विटर एकाउन्टमा लेखियो- फिल्ममा अफर आउन छाडिहाल्यो । म्युजिक भिडियोमा नाच्नुभन्दा बरु काठमाडौ महानगर पालिकाको मेयर पो बनौं कि भन्ने सोचाइ आएको छ । यसमा तपाईंहरुको धारणा के छ ?
राजेश हमाल
हमालको नामको यो फेक एकाउन्टमा आएका केही प्रतिक्रिया :
फेक एकाउन्ट हो यो ।
नीरज
धेरै राम्रो सोचाइ आयो, काम नपाएको कारण वा म्युजीक भिडीयोमा नाच्दा नाच्दा थाकेर मात्र नआएको भए, नसक्ने कुरा वाचा नगर्नुस बोलेका कुरा कुनै हालतमा पुरा गर्न डे वान देखी लाग्न सपना नबाड्नुस। बिदेशी शहरहरू देख्नु भाकै छ, मान्छेले नै बनाएका हुन, के गर्छु के गर्दिन क्लियर कुरो सहित भिडनुस ।
मो. दोर्जेमान झा उपाध्ये थारु जेआर
अरु काम नपाएकोले राजनितिमा आउने भन्दा पनि स्वच्छ परिवर्तनको लक्ष्य लिएर जनताले हार खाईसकेको अवस्थामा आशाको किरण छर्न सक्नुहुन्छ भने पक्कै पनी सबैले सपोट गर्नेछन । सुदृढ राजनेताको जरुरी छ हामिलाई । जसरी हजुरको कलाकारितामा इमान्दारिता तथा निपुर्णता देखिएको छ त्यस्तै नै अपेक्षा ।
आशा भुसाल
जहाँ जुन क्षेत्रबाट भएपनि समाज र रास्ट्रलाई टेवा पुर्याउने असल काम गर्नु नै एक असल नागरिकको कर्तव्य हो। साँच्चै नै हजुरजस्तो कर्तव्यनिष्ठ अभिभावक पाएमा देशले पनि मुहार फेर्ने मौका पाउने छ। शुभ कार्यमा ढिला किन हामी तपाईंको साथमा छौ ।
आतिष
स्वतन्त्र रूपमा लडे त हुन सक्नुहोला ओलीबाको आशिर्वाद मागो भने जनताको बिश्वास नपाईन सक्छ है । चलचित्रमा जस्तो सहज नहोला कि “शंकर” बन्न?
रायन सुवेदी
ठीक छ ! उठ्नुहोस, जित्नुहुन्छ ! मेरो तर्फबाट मैले सबै वडामा सामूदायिक बिकासको निम्ति तालिम संचालन गरेर काठमाडौँमा ठिक किसिमको दिगो बिकासमा सहयोग गर्नेछु,जसलाई पुरै देशले अनुसरण गर्न सकोस ! मेरो पुर्ण समर्थन हुनेछ !
पन्त नवराज
यहाँ जस्तो मुलुकलाई केहि त गरौं भन्ने बौद्धिक सोच भएका र इमान्दार लोकप्रिय ब्यक्ति मेयरको रूपमा पाउनु गौरब को बिषय हो । तर कहि कतै केहि नपाएर मेयर बन्छु भन्न त अलि नमिल्ला है ।
मधु एस आचार्य
पक्कै पनि सर तपाई जस्तो मान्छेको खाँचो छ देश लाई । अगाडि बढ्नु होस् शुभकामना।
आर पाण्डे
दादा जी ! काठमाण्डू महानगरपालिकाको मेयर मात्र होईन, तपाँई देश हाक्ने एक कुशल, पारदर्शी र स्वच्छ छवि भएको हुनुहुन्छ । यसमा कुनै शंका छैन , जय हमाल !
श्री खगेन्द्राचार्य महाराज रामानुज बैस्णव दाशी
त्यसमाथि नाच पनि कौनसा खत्रा हो र !
भिजन र मोडालिटी छ भने मेयरमा लड्नु ठीक छ, तर भिडियोमा नाच्नुको साटोमा मात्रै हो भनेचाहिँ खै कुन्नि है !
हनुमानगिरी गर्ने कुरा भएन, नत्र जित्न मुस्किल छ । गाह्रो छ नेपालाँ ।
रामहरि रोक्का
ओलीको सालोभन्दा त राजेश हमाल २०० गुणा सही उम्मेदवार हो । अवश्य जित्नु हुनेछ ।
मोहन विष्ट
हजुरजस्तो बिद्धान यो कुरुप काठमाडौंको मेयर बन्नु भनेको यो देसकै मुहार फेर्नु हो साथै आम नेपाली जनताको चाहना पनि छ हजुर मेयर भएको हेर्ने ।
तुलसी अधिकारी
विचार राम्रो छ तर राजनीतिमा नआउनु होला । तपाई जुन क्षेत्रमा संलग्न हुनु भयो तेसैमा दि बेस्ट गर्नु भा छ । त्यसैमा रम्नु होला ।
वाशु थुलुङ
पुरै फिल्मी पारामा आएर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहरमा परिणत गरिदिनु पर्यो महानायक ज्यू । हामीलाई राजनीतिमा महानायकको आवश्यकता छ ।
दुर्गा अधिकारी
यस्तालाइ भोट दिनु भन्दा त आफ्नै हात काटेर फाल्नु जाति ।
माधव केसी
राजनितिक पार्टीको पछि नलागी स्वतन्त्ररुपमा कार्ययोजनासहित अगाडि बढ्नुभयो भने सबैको साथ पाउनु हुनेछ ।
गोल्ड मेडलिस्ट
बिचार त राम्रै हो तर आफै नाच्नु जस्तो जस्तो सजिलो छैन , त्याँहा त अरुले नै नचाउँछन ।
हरिकृष्ण शाक्य
बरु छोरा-छोरीको योजना गरे बेस होला ।
ठाकुरको गोली र बन्दुकको गोली
सारै राम्रो विचार जनताको सेवा गर्छु भन्नु अधिकार पनि हो राजेश जी , शुभकामना छ ।
बद्रीविनोद खनाल
किन काठमाडौं ? आउनू न बरु आफ्नो गृह जिल्लामा ! चुनाव पर्चारमा लागुँला !
श्री वत्स
आफ्नो खुट्टामा बन्चरो नहानेकै राम्रो हुन्छ राजेश दाजु । आफ्नो अस्तित्व नबेच्नु होला ।
रमेश बास्तोला
महानायक, महानगरको महामेयर
गज्जब हुने देखियो
लौ झोंक मारिलिनोस् एकचोटि ।
विज्ञान राई
फोटो मात्रै राजेश हमालको, मान्छे त को हो को हो ? नो कमेन्ट !
श्याम दाहाल
काम नपाएकाले नै त हो नि हजुर राजनीति गर्ने । ट्राइ मार्नुस्, शुभकामना छ ।
सरोज अधिकारी
यो अभिब्यक्तिले निराश तुल्यायो। काठमाडौंबासीले भोगेको दैनिकी समस्यालाई समाधान गर्न फिल्मी छेत्रबाट राजनीती तर्फ आकर्षित हुनु भएको भन्ने मेरो बुझाई गलत रहेछ।
विनोद सिँजापति
बजारमा केही हल्ला हुन पर्छ फेक हेन्ड्ल देखा परि हाल्छ ।
अच्युत सापकोटा
कलाकार राजनितीमा छाउने लहर चलेकै हो त ?
चाहना
नयाँ पार्टी खोल्नुस दाजु , यसैमा भलो छ ।
कृष्ण पन्त
उठौं , जिताउने जिम्मा हाम्रो हो ।
मनोज श्रेष्ठ
चुप लागेर वस !! राजनिति तिमिले सोचे जस्तो छैन दाई!! पिउनले पनि टेर्दैन २ महिना पछी !! अलि – अली भको ईज्जत पनि सकिन्छ!! पहिलो कुरा त तैले चुनाव नै जित्दैनस दाई!!
गोविन्द नेपाल
महानायक ज्यू, कलाकारिता र राजनीति विशुद्ध फरक विषय हुन, कलाकारितामा कमाएको प्रख्याति राजनीतिमा गर्ल्यामगुर्लुम्म नबनोस् शुभकामना !
पूर्ण अर्याल
पार्टीको झण्डा बोकेर दौडिने झोले नागरिक नबनी चुनाव जितिदैन दाजु ।
रोशन श्रेष्ठ
प्रिय महान महानायक राजेस हामाल ज्यु, जनताले यस पटक फरक स्वतन्त्र ब्यक्तिलाई सरकारिसेवामा हेर्न चाहेका छन ।
गोपाल केएम
राजेश हमालले भेरिफाइड आइडी चलाउँछन तर उहाँ टुइटर चलाउनु हुन्न ।
रवीन्द्र सुवेदी
प्रतिक्रिया