सबैभन्दा धेरै भिडियो गेम खेल्ने देश

काठमाडाैं । भिडियो गेमिङको नयाँ बजार एशियामा छ । भिडियो गेमिङले २०२१ मा १५६ .६ बिलियन डलरको ब्यापार गरेको थियो ।
स्टेटिस्टा का अनुसार यी हुन भिडियो गेमिङका १० ठूला बजार :
चीन : चीन भिडियो गेमिङको सबैभन्दा ठूलो बजार हो । चिनमा ४९.३ अर्ब डलर अर्थात करिब ५ हजार ८ सय ४४ अर्ब रुपैयाँ बराबरको बजार छ । सन् २०२५ सम्ममा यो ७१.२ अर्ब डलर अर्थात् करिब ८४५२ अर्ब रुपैयाँ पुग्न सक्छ ।
अमेरिका : अमेरिकामा भिडियो गेमिङले ३०.४ बिलियन डलरको राजस्व उत्पन्न गर्छ जुन २०२५ सम्ममा बढेर ४२.५ बिलियन डलर पुग्नेछ।
जापान : जापानमा १८.२ बिलियनको गेमिङ बजार छ, जुन वर्ष २०२५ सम्ममा २४ बिलियन डलर पुग्न सक्छ।
दक्षिण कोरिया : भिडियो गेमिङले दक्षिण कोरियामा ६.२ बिलियन डलर भन्दा बढिको ब्यापार गर्छ जुन २०२५ सम्ममा ८.७ बिलियन डलर पुग्नेछ।
युनाइटेड किङडम : युके युरोपमा भिडियो गेमिङका लागि सबैभन्दा ठूलो बजार हो । बेलायतमा ६.१ बिलियन डलरको गेमिङ कारोबार हुन्छ । २०२५ सम्ममा यो आम्दानी ८.६ बिलियन सम्म पुग्ने अनुमान छ ।
भारत : भारतमा भिडियो गेमिङको पहुँच लगातार बढिरहेको छ। ५.२ बिलियन डलर भन्दा बढिको कारोबार हुने भारतको गेमिङ बजार सन् २०२५ सम्ममा ८.६ बिलियन डलर बराबरको हुनेछ ।
फ्रान्स : फ्रान्समा २.७ बिलियन डलर भन्दा बढिको गेमिङ बजार छ । २०२५ सम्ममा यो ३.८ बिलियन डलर सम्म पुग्न सक्छ।
रुस : रुसमा २.७ बिलियन डलरको गेमिङ कारोबार हुन्छ । २०२५ सम्ममा यो कारोबार ३.६ बिलियन डलरको पुग्ने अनुमान छ।
जर्मनी : जर्मनीमा भिडियो गेमिङको बजार २.७ बिलियन डलरको छ , जुन २०२५ सम्ममा बढेर ३.५ बिलियन डलर पुग्न सक्छ।
मेक्सिको : मेक्सिको भिडियो गेमिङका लागि १० औं सबैभन्दा ठूलो बजार हो । २.३ बिलियनको बजार भएको मेक्सिकोमा २०२५ सम्ममा यो संख्या ३.४ बिलियन डलर पुग्ने अनुमान छ ।
प्रतिक्रिया