शनिबार, असार १४, २०८२

कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै, थप २२० जना संक्रमण मुक्त

नेपालखोज २०७८ चैत ३ गते १६:१०

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दाेक्रममा रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप २२० जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ मा झरेको छ ।

हाल नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६१ हजार ७८१ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जना गरी कुल २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख ४५ हजार ९८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया