बिहीबार, जेठ ३, २०८१

सुदूरपश्चिमका विभिन्न अस्पतालको व्यवस्थापन चुस्त बनाइँदै

नेपालखोज २०७८ चैत ४ गते १०:४३

काठमाडौं । सुदूरपश्चिमका विभिन्न अस्पतालहरुमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएका छन् ।महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिको सदस्यमा वीरेन्द्र भट्ट र रघुविर धामी छन् । सुदूरपश्चिम प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल) र टीकापुर अस्पतालमा झपटबहादुर सोडारीलाई नियुक्त गरिएको छ ।

यसैगरी अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरा अस्पतालको अध्यक्षमा मानबहादुर कार्की, बझाङ अस्पतालमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालको अध्यक्षमा पार्वती भट्टलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिमको डोटी अस्पतालबाहेक सबै अस्पतालमा व्यवस्थापन समिति चयन गरेकोे छ ।

प्रतिक्रिया