अपडेट : बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व –पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नं को बस आज बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ छ । घाइते भएकाहरूलाई चितवन अस्तपाल ल्याइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको छ । रासस
प्रतिक्रिया