बुधबार, जेठ २, २०८१

बैतडीमा कोरोना संक्रमण शून्य

नेपालखोज २०७८ चैत ४ गते १२:१४

काठमाडौं । बैतडीमा कोरोनाका संक्रमित शून्य भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका संक्रमित नरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ । संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ।’ जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सीमानाका झुलाघाटमा स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

प्रतिक्रिया