बिहीबार, जेठ २, २०८२

भारतमा कोभिड–१९ संक्रमितकाे संख्या ४ करोड ३० लाख नाघ्यो

नेपालखोज २०७८ चैत ४ गते १४:३१

काठमाडौं । भारतमा कोभिड–१९ संक्रमितकाे संख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ संक्रमित थपिएपछि कोरोनाका कूल संक्रमित चार करोड ३० लाख ४ हजार ५ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ ।

आज बिहान सम्म कोरोनाका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ । भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय संक्रमित रहेकोे मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय संक्रमित घटेका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलता पूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जस मध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया