चाैबीस घण्टामा थपिए ५१ संक्रमित, ३९२ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा गत चाैबीस घण्टामा थप ५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ र ३ हजार ३२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३९ जना गरि कुल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९९६ मा झरेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३९२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६२ हजार १७३ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ दशमलव ४ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् । त्यस्तै, गत चौबीस घण्टामा देशभर थप २९ हजार ३९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया