आइतबार, असार २२, २०८२

जनताका अधिकार कार्यान्वयन गर्ने विषय प्राथमिकतामा मन्त्री : श्रेष्ठ

नेपालखोज २०७८ चैत ४ गते १६:४२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएकी छन् ।

शुक्रबार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले मध्यथिमी नगरपालिकाका जग्गा विहीनहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै संविधानमा व्यवस्था भए अनुसार भूमिहीन दलित , भूमिहीन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्नको लागि राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमै पहिलो पटक ऐन बनाएर अघि बढेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले वर्तमान सरकारले संविधानमा व्यवस्था भएको मुक्त कमैया , कमलरी , हरुवाचरुवा , हलिया, भूमिहीन सुकुम्वासीहरु पहिचान गरेर बसोवासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुन : स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा राखेको बताइन् ।

प्रतिक्रिया