मंगलबार, जेठ १५, २०८१

एनआईबीएल एस क्यापिटलले गर्यो लगानी सचेतना कार्यक्रम

नेपालखोज २०७८ चैत ४ गते १६:४३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा शुक्रबार गण्डकी प्रदेशको पोखरामा,अन्तक्र्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमासमेत छलफल गरेका हुुन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि प्रदेश स्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, मधेस प्रदेशको महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि अन्तक्र्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिनेसमेत क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया