सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्नेमा अभियान्ताको जोड
काठमाडौं । सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाला निकायले आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सहकारी दिवको अववसरमा भएको कार्यक्रममा सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गदैै दण्ड र जविराको अवलम्बन सुरु गर्ने बताए ।
उनले सहकारी संघ/संस्थालाई गोएएमएलमा आवद्ध हुने आग्रह गदैै कोपोमिसकोप्रभावकारी कार्यान्वयनले प्रविधिको अवलम्बन सहित सहकारीमा सुशासन कार्यम हुने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य दीलबहादुर गुरुङले गुणात्मक सहकारी विकासका लागि थिम सार्थक रहेको बताउँदै विचौलियाको अन्त्य गर्दै उत्पादन र उपभोक्तालाई जोड्ने सहकारी उत्कृष्ट व्यवसाय भएको बताए ।
महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताए । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले नविन प्रविधिलाई समयमा नै ग्रहण गर्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासंघको १० बर्षे रणनीतिक योजनामा सहकारीलाई मर्यादित बनाउन र प्रविधिमा जोड्न के के गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको जानकारी गराइन् ।
प्रतिक्रिया