सोमबार, वैशाख २४, २०८१

जनकपुरधाममा महामुर्खकाे उपाधि डा.भोगेन्द्र झालाई

नेपालखोज २०७८ चैत ५ गते ११:०३

जनकपुर । जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा . भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा. झालाई प्रदान गरिएको हो ।

त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख , नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख , वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्र कला लाई सुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लाल बुझ्क्कड, व्यवसायी अभिशेष चौधरी लाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्यम्न उपाध्यायलाई वैशाख नन्दनको उपाधि दिइएको छ । उपाधि मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले हस्तान्तरण गरेकाे हाे ।

प्रतिक्रिया