कल्लेबल्ले गाउँमा छैन पानी, कसरी बनाउनु खाना ?

नेपालखोज २०७८ चैत ५ गते १२:३६

तुलसीपुर । स्मार्ट सिटीको नाम दिइएको दाङको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् ।

धारा जडान गरिएको र घर अगाडि नै पाइप पुगेको भए पनि पानी नआँउदा सास्ती भोग्नु परेको छ । बर्सातमा पानीको सहज आपूर्ति हुने र हिउँदमा भने तुलसीपुर उपमहानगरपालिका–३ का आधा दर्जन गाउँ पानी नहुँदा काकाकुल हुन्छन् । शशिकला विकले भनिन् ।, ‘धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ ।

खोलामा पनि पालो पाउन गाह्रो पर्छ । धारामा कहिले पानी आउँछ , कहिले आउँदैन , धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ , त्यहाँ पनि पालो कुर्नुपर्छ । ’ सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो रहेको छ । अहिले सडक र विद्युत् पुगेको र विद्युत् वर्षा लाग्ने बित्तिकै जाने गर्दा सास्ती खेप्नु परेको छ । कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, शीतधारालगायत गाउँमा खानेपानी पुर्याउनका लागि पहल थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए ।

प्रतिक्रिया