शुक्रबार, जेठ ११, २०८१

एमाले अध्यक्ष ओलीले भने- माधव नेपालको पार्टी स्थानीय चुनावमै समाप्त हुन्छ

आगामी निर्वाचनमा काँग्रेसलाई १३ सिटमा झारिदिने चेतावनी

नेपालखोज २०७८ चैत ५ गते १३:००

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेको एकीकृत समाजवादी स्थानीय निकायको चुनावमै समाप्त हुने टिप्पणी गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी नै नबनेको जनाए । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको ओलीको दाबी छ ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको गडबड हुनसक्ने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरेका छन् । लाहा छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने ओलीले जनाए । उनले त्यसको पहरेदारी गर्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

अर्को प्रसंगमा ओलीले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने जनाए । पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने उनको भनाइ छ । कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने ओलीको जिकि।र छ । उनले युवाहरूले कांग्रेसलाई झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया