सोमबार, चैत १०, २०८१

सातामा ५१ अर्ब ९५ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच

नेपालखोज २०८१ माघ २५ गते १२:४५

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार ६९९.८१ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४५४.४७ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता ३३० वटा कम्पनीको सेयर कारोबार भएका छन् ।

Advertisement

जसअनुसार पाँच लाख १६ हजार १११ पटकको कारोबारमा १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ५१ अर्ब ९५ करोड ७१ लाख १२ हजार ४३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २४ अर्ब रुपैयाँले बढी हो ।

गत साता धितोपत्र बजारमा तीन सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ७७ हजार चार सय ७४ पटकको कारोबारमा पाँच करोड २६ लाख ५४ हजार १३८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २७ अर्ब ४५ करोड ५४ लाख १७ हजार ४३७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन उकालो लागेको नेप्से परिसुचक बाँकी तीन कार्य दिन भने लगातार ओरालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ६९.८० अंकले उकालो लागेर २ हजार ७२७.५८ अंकमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३.६४ अंकले उकालो लागेर ४५८.३७ बिन्दुमा चढेको थियो ।

दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक दुई दशमलव ४१ अंकले उकालो लागेर २ हजार ७३० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव २३ अंकले उकालो लागेर ४५९.६१ बिन्दुमा चढेको थियो ।

तेस्रो कारोबार दिन भने नेप्से परिसुचक १४.०८ अंकले ओरालो लागेर २ हजार ७१५.९१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४९ अकले ओरालो लागेर ४५७.१२ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन पनि नेप्से परिसुचक ४.४५ अंकले ओरालो लागेर २ हजार ७११.४५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य सात अंकले ओरालो लागेर ४५६.०४ बिन्दुमा झरेको थियो ।

पाँचौँ कारोबार दिन पनि नेप्से परिसुचक ११.६४ अंकले ओरालो लागेर २ हजार ६९९.८१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.५६ अंकले ओरालो लागेर ४५४.४७ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी, सिन्धु बिकास बैंक आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया