पूर्वप्रधानमन्त्री खनालले भने- आगामी चुनावमा एमालेको बाकसमा शून्य मत खस्नुपर्छ
नेपालखोज
२०७८ चैत ५ गते १४:०९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेले जिरो मत पाउनु पर्ने बताएका छन् । एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलामा खनालले भने, ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत खस्नु पर्छ ।’
तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुने बरिष्ठ नेता खनालको भनाइ छ । जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको खनालको भनाइ छ ।
ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने खनालको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया