निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपालखोज २०७८ चैत ५ गते १५:२६

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च बृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरु मध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१ दशमलव ६७ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३० दशमलव ३५ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरु मध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ । भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर पाँच प्रतिशत रहेको छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्धि भएको देखिन्छ । अहिले बाणिज्य बैंकहरु संग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । कर्जा प्रबाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९० दशमलव शुन्य तीन प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको छ ।

नेपालभर २१३ शाखाहरु, १४७ एटिएमका साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुयाईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दे प्रतिस्पर्धिको रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोडदिइ युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भए संगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेड प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया