आँबुखैरेनीमा बृहत् योग शिविर

काठमाडौं । पतञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ। गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा शिविरको उद्घाटन गरेकी हुन् । सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताए ।
मानिसको शारीरिक एवं मानसिक तनाव मुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नु पर्नेमा उनले जोड दिए। ‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नाराको आयोजित पाँच दिने सो शिविरमा पाँच सय जनाको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको योग विज्ञान शिविर व्यवस्थापन समिति पतञ्जलि योग आँबुखैरेनी तनहुँका अध्यक्ष पम्फा श्रेष्ठले बताइन् ।
उनले भनिन ,। ‘योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ , कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ ।’ शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रतिक्रिया